२२ जेठ २०८३, शुक्रबार

कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी अन्यत्र स्थानान्तरण

कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी अन्यत्र स्थानान्तरण

जिल्ला कारागार कञ्चनपुरबाट २८ कैदीबन्दीलाई बुधवार स्थानान्तरण गरिएको छ ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो । 

कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० जनालाई कैलाली, १० जनालाई डडेल्धुरा र ८ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ ।
  
‘कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं,’ उनले भनिन्, ‘टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठ्यारो भयो, त्यही भएर अन्यत्र पठाएका हौं ।’

कारागारमा ९५ पुरुष कैदीबन्दी र २० महिला राख्ने क्षमता छ । कारागारमा क्षमताभन्दा बढी ४२५ कैदीबन्दीलाई राखिएको छ ।

स्थानान्तरण गरिएका कैदीबन्दीमा लागूऔषध, मानव बेचबिखन र सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका रहेका छन् । सुत्नका लागि ठाउँ अभाव हुँदा कैदीबन्दीले अनिदोमै रात काटनु पर्ने अवस्था समेत रहेको छ । कारागारभित्र रहेका भवनमा ६ शौचालय र ८ बस्ने कोठा रहेका छन् ।

शौचालय जानका लागि समेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु परेको कैदी बन्दीले बताएका छन् । कैदी बन्दीको संख्या अधिक हँुदा कारागारभित्र खुट्टा टेक्ने ठाउँ समेत नभएको कारागारका जेलर थापाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्