२७ जेठ २०८३, बुधबार
कांग्रेस चुनाव

महामन्त्री उम्मेदवारका प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ, सुरक्षा व्यवस्था कडा

पुस १, २०७८
महामन्त्री उम्मेदवारका प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ, सुरक्षा व्यवस्था कडा

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना बिहीवार बिहानैबाट गर्ने भनिए पनि ढिलाइ भइरहेको छ ।

केन्द्रीय निर्वाचन समितिले मतगणनाको तयारी गरिरहेको भए पनि महामन्त्री पदका सबै उम्मेदवारका प्रतिनिधि नआएका कारण ढिलाइ भएको जनाइएको छ ।

कांग्रेस महामन्त्रीमा २ जना निर्वाचित हुनेमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की उम्मेदवार रहेका छन् ।

महामन्त्री पदको मतगणना गर्नुअघि कांग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्यालयमा प्रहरी तैनाथ गरिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्