१० असार २०८३, बुधबार
कांग्रेस महाधिवेशन

५०० मत गन्दा फेरि विश्वप्रकाशले प्रदीप पौडेललाई पछाडि पारे, गगनको अग्रता कायमै

५०० मत गन्दा फेरि विश्वप्रकाशले प्रदीप पौडेललाई पछाडि पारे, गगनको अग्रता कायमै

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

५०० मत गन्दा गगनले ३२५ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १८५, प्रदीप पौडेलले १७७, प्रकाशशरण महतले १६३ र मीनेन्द्र रिजालले ८६मत प्राप्त गरेका छन् ।

राजाराम कार्कीको पक्षमा १२ मत परेको छ । महामन्त्रीका लागि  एउटा मतपत्रमा दुईवटा सम्म मत दिने पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मत गणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जित हात पारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्