२३ असार २०८३, मंगलबार

पुस ५ सम्म विद्युत् प्राधिकरणको महसुल काउण्टर बन्द रहने

पुस ५ सम्म विद्युत् प्राधिकरणको महसुल काउण्टर बन्द रहने

नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ । 

विद्युत् नियमन आयोगको निर्णयअनुसार गत मंसीर महिनाको महसुल परिवर्तित महसुलअनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ । आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक ३० रूपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ । 

सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महसुल काउन्टर पुस ५ गतेसम्मका लागि बन्द गरिएको प्राधिकरणले जनाएको छ । नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउण्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । रासस

salt training

कमेन्ट गर्नुहोस्