०६ असार २०८३, शनिबार

प्रदीप पौडेलले उछिने प्रकाशरणलाई

प्रदीप पौडेलले उछिने प्रकाशरणलाई

नेपाली कांग्रेसको महामन्त्रीको प्रतिस्पर्धामा संस्थापन पक्षका उम्मेदवार प्रदीप पौडेल तेस्रो स्थानमा आइपुगेका छन् । 

१६८५ मतगणना हुँदा पौडेल तेस्रो स्थानमा आएका छन् । यसअघिसम्म गगन थापा, विश्वप्रकाश शर्मापछि तेस्रोमा डा. प्रकाशशरण महत थिए । 

गगनले ११५५ मत पाउँदा विश्वप्रकाशले ७४१ र प्रदीपले ६१८ मत पाएका छन् । त्यस्तै महतले ५५४ मत, मीनेन्द्र रिजालले २९६ र राजाराम कार्कीले ५३ मत पाएका छन् ।

बुधवार मध्यरातमा सम्पन्न मतगणनाका उपसभापतितर्फ संस्थापन पक्षका पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्