०५ साउन २०८३, मंगलबार
कांग्रेस महामन्त्रीको मतगणना

मतगणना अपडेट २५२० : गगनलाई १६४८, विश्वप्रकाशले पनि हजार मत कटाए

मतगणना अपडेट २५२० : गगनलाई १६४८, विश्वप्रकाशले पनि हजार मत कटाए

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

२५२० मत गन्दा गगनले १६४८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १०१९, डा. प्रकाशशरण महतले ८२७, प्रदीप पौडेलले ७४६, मीनेन्द्र रिजालले ४३६ र डा. राजाराम कार्कीले ६४ मत प्राप्त गरेका छन् ।

​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् ।

खड्का देउवा र गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्