
नेपाली कांग्रेसको महामन्त्री पदका लागि जारी मतगणनामा डा. शेखर कोइराला प्यानलका उम्मेदवार गगन थापा चमत्कारिक भोटका साथ अगाडि छन् ।
२५२० भोटको नतिजा बाहिर आउँदा गगनले १६४८ मत पाएका छन् । दोस्रोमा प्रकाशमान सिंहको प्यानलबाट लडेका विश्वप्रकाश शर्माले १०१९ मत पाएका छन् ।
देउवा प्यानलका प्रकाशशरण महत ८२७ र प्रदीप पौडेलले ७४६ मत पाएका छन् ।
गगनसँगै एउटै प्यानलबाट चुनाव लडेका डा. मीनेन्द्र रिजालले भने मात्र ४३६ भोट पाएका छन् ।
विमलेन्द्र निधि प्यानलका राजाराम कार्कीले भने ६४ मत पाएका छन् ।