११ असार २०८३, बिहीबार
कांग्रेस महाधिवेशन

मतगणना अपडेट २९२० : शेखरले पाएको मतभन्दा माथि पुगे गगन

मतगणना अपडेट २९२० : शेखरले पाएको मतभन्दा माथि पुगे गगन

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

२९२० मत गन्दा गगनले १९१२ मत प्राप्त गरेका छन् । उनले आफ्नो प्यानलका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले ल्याएको भन्दा बढी मत ल्याइसकेका छन् ।

दोस्रो चरणको निर्णायक मतदानमा शेखरले १८५५ मत ल्याएका थिए ।

गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ११८३, डा. प्रकाशशरण महतले ९६३, प्रदीप पौडेलले ८७१, मीनेन्द्र रिजालले ४९८ र डा. राजाराम कार्कीले ७१ मत प्राप्त गरेका छन् ।

​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् ।

खड्का देउवा र गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्