२४ जेठ २०८३, आइतबार
कांग्रेस महामन्त्रीको मतगणना

गगनपछि विश्वप्रकाश पनि जीततर्फ, महतसँग ३ सय २८ मतको अन्तर

गगनपछि विश्वप्रकाश पनि जीततर्फ, महतसँग ३ सय २८ मतको अन्तर

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा जीत सुनिश्चित गरेका छन् ।

४०९० मत गन्दा गगनले २६४४ मत प्राप्त गरेका छन् । जुन गन्न बाँकी मतभन्दा ठूलो अन्तर हो ।

गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १६८५, डा. प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, मीनेन्द्र रिजालले ७०६ र डा. राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् ।

गगन समर्थकले पार्टी कार्यालयमा कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री भनेर नारा लगाइरहेका छन् ।

​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् ।

खड्का देउवा र गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्