२५ जेठ २०८३, सोमबार

बुद्ध एयरको इन्जिनमा समस्या, भरतपुर विमानस्थलमा आकस्मिक अवतरण

बुद्ध एयरको इन्जिनमा समस्या, भरतपुर विमानस्थलमा आकस्मिक अवतरण

इन्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

भरतपुरबाट काठमाडौं उडानका क्रममा जहाजको बायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि तत्कालै जहाजमा भरतपुर विमानस्थलमा सकुशल अवतरण गराइएको कम्पनीले जनाएको छ ।

बीचक्राफ्ट जहाज ९एन–एईई र उडान नम्बर ३६० मा १७ जना वयस्क, १ जना बच्चा र एक जना नाबालक गरी १९ जना यात्रु रहेका थिए । 

यस्तै विमानदलका पाइलट, को–पाइलट तथा विमान परिचारिका गरी ३ जना सदस्यहरू रहेको विमान कम्पनीले जनाएको छ । 

यात्रुहरूलाई अर्को विमानबाट काठमाडौं ल्याउने तयारी भइरहेको समेत कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्