२७ असार २०८३, शनिबार
नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

पुस १, २०७८
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

नेपाली कांग्रेस १३ औं राष्ट्रिय महाधिवेशनबाट महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

फरक-फरक प्यानलबाट उम्मेदवार बनेका गगन र विश्वप्रकाश दुवै लोकप्रिय मत ल्याएर विजयी भएका हुन् ।

४६८२ मत खसेकोमा गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत प्राप्त गरेका छन् ।

महामन्त्रीका अन्य उम्मेदवारहरू प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरे ।

यससँगै देशको पुरानो पार्टी कांग्रेसमा युवा पुस्ताको जबरजस्त र हस्तक्षेपकारी उदय भएको छ ।

रोचक त के भने गगन र विश्वप्रकाश दुवैको प्यानलका सभापतिका उम्मेदवार पराजित भएका थिए ।

गगन डा. शेखर कोइराला र विश्वप्रकाश प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका हुन् ।

शेखरले १ हजार ८५५ र प्रकाशमानले जम्मा ३ सय ७१ मत ल्याएका थिए ।

अर्को रोचक तथ्य सभापतिमा निर्वाचन शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका दुवैजना पराजित भए ।

देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बनेका थिए ।

देउवाले महामन्त्रीको उम्मेदवार बनाउन अस्वीकार गरेपछि विश्वप्रकाश निकै कमजोर प्यानलबाट उम्मेदवार बनेर विजयी बनेका हुन् ।

अर्कातर्फ गगनले झण्डै दुईतिहाइ मत प्राप्त गरेका छन् ।

गगनको जीत सुनिश्चित भएपछि कांग्रेसका युवा कार्यकर्ताले 'कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री' भन्दै नारा लगाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्