२६ जेठ २०८३, मंगलबार

महामन्त्रीमा पराजित भएपछि मीनेन्द्रले दिए रक्षामन्त्रीबाट राजीनामा

महामन्त्रीमा पराजित भएपछि मीनेन्द्रले दिए रक्षामन्त्रीबाट राजीनामा

कांग्रेस महामन्त्रीका उम्मेदवार मीनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन् । 

महाधिवेशनमा अपेक्षित मत परिणाम नआएपछि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

‘निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको छ । यस कुरालाई हृदयंगम गर्दा मैले रक्षामन्त्री पदमा रहिरहनु नैतिक रुपमा उपयुक्त हुन्न,’ उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । 

अपेक्षित मत परिणाम नआएपछि मतगणना चलिरहेका बेला उनले फेसबूकमार्फत् राजीनामा घोषणा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्