३० जेठ २०८३, शनिबार

हिमालयन बैंकद्वारा विद्यार्थीलाई मासिक छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान

हिमालयन बैंकद्वारा विद्यार्थीलाई मासिक छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान

हिमालयन बैंक लि., कावासोती शाखाले शिव नमूना माविमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरेको हो ।

बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरूलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरूलाई स्टेशनरी सामान प्रदान गरेको हो । 

विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहका बीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी सम्बन्धित विद्यार्थीहरूलाई हस्तान्तरण गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्