०३ असार २०८३, बुधबार

बुटवलमा ‘टीभीएस रेडर’ सार्वजनिक

बुटवलमा ‘टीभीएस रेडर’ सार्वजनिक

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलस्थित आफ्नो एक्सक्लुसिभ शोरूमबाट ‘टीभीएस रेडर’ सार्वजनिक गरेको छ । कलाकारहरूको उपस्थितिमा १२५ सीसी श्रेणीअन्तगर्तको अत्याधुनिक फिचर्स भएको नयाँ मोटरसाइकल ‘टीभीएस रेडर’ सार्वजनिक गरिएको हो । 

कार्यक्रममा सप्तरंग ३ का गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्रि पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधांगना, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो। 

‘युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फर्स्त–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ,’ जगदम्बा मोटर्सले भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्