०८ साउन २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

प्रतिनिधिको अपार माया र विश्वासलाई न्याय गर्छु– गगन थापा

प्रतिनिधिको अपार माया र विश्वासलाई न्याय गर्छु– गगन थापा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टी प्रतिनिधिबाट पाएको अपार माया र विश्वासप्रति न्याय गर्ने बताएका छन् ।

पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएको घोषणापछि पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गगनले अझै इमान्दारीपूर्वक अगाडि बढ्ने बताए ।

‘अपार माया र विश्वास पाएको छु,’ गगनले भने, ‘चार वर्षका लागि जिम्मेवारी धेरै पाएको छु । अझै इमान्दारीपूर्वक पार्टी रूपान्तरणका लागि अगाडि बढ्छु ।’ 

उनले आफूहरूले पार्टी सभापति शेरबहादुर देउवालाई सही ठाउँमा उभ्याउने पनि बताए ।

आजै सम्पन्न मतगणनामा गगन ३ हजार २३ मत ल्याएर विजयी भएका हुन् ।

महामन्त्रीमा गगनसँगै विश्वप्रकाश शर्मा पनि विजयी भएका छन् । शर्माले १९ सय ८४ मत ल्याए ।

तस्वीर : विश्वास खनाल/लोकान्तर

salt training

कमेन्ट गर्नुहोस्