२९ जेठ २०८३, शुक्रबार

माओवादी केन्द्र लुम्बिनी अध्यक्षमा सुदर्शन बराल

माओवादी केन्द्र लुम्बिनी अध्यक्षमा सुदर्शन बराल

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष सुदर्शन बराललाई बनाउने सहमति भएको छ । 

बिहीवार बराललाई अध्यक्ष बनाउने सहमति भएको माओवादीका एक नेताले बताए । मंसिर २५ र २६ गते भएको अधिवेशनले अध्यक्ष चयन गर्न सकेको थिएन ।

गुल्मीका युवा नेता तथा प्रदेश सभाका सदस्य बराल माओवादी नेता वर्षमान पुन निकट नेता हुन् । उनी लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत हुन् । 

अध्यक्ष र सदस्यहरू चयन गरे पनि अन्य पदाधिकारीहरू माओवादीले टुंगो लगाउन सकेको छैन । 

माओवादीले प्रदेश समिति २१७ सदस्यीय बनाएको छ । रोल्पाका दीपेन्द्र पुन र दाङका हेमराज शर्माले पनि नेतृत्वको दाबी गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्