
एनसेल आजियाटा लिमिटेडले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिने एनसेलले जनाएको छ ।
‘साना तथा मझौला व्यवसायी र स–साना कार्यलयहरुलाई ध्यानमा राखी ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विषेशताहरु रहेका छन् । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको छ ,’ एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिजनेस सधैँ अन थिम अन्तर्गत शुक्रवारबाट लागू हुने गरी यो योजना ल्याइएको हो ।
ग्राहकहरुले सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै गरि यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समुह अर्थात कार्यलयका साथीहरुसँग कर सहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न सक्छन् । त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि कर सहित मात्र १.३० रुपैयाँ प्रति मिनेटमा उपलब्ध हुन्छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा १.३० रुपैयाँप्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस १.३० रुपैयाँमा पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले एकपटक मात्र करसहित मात्र १५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्ने बताइएको छ ।
‘यो प्लान सुचारु भए पछि ग्राहकले ३५ रूपैयाँ मेन ब्यालेन्स सहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्दछन् । यसको साथै ३० दिन सम्ममा जम्मा २०० को रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त गर्दछन्,’ कम्पनीले भनेको छ ।
यस प्लानमा रहेका अन्य सुविधा अन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याक अन्तर्गत २ जीबी/४ जीबी/६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी/५ जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् । कम्बो प्याक अन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको २०० रुपैयाँको कम्बो सिल्भर, ३०० को कम्बो गोल्ड वा ३५० रुपैयाँको कम्बो प्लाटिनम प्याक पनि लिन सक्ने एनसेलले जनाएको छ ।
बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यलयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गदै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्घि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ । यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क आकर्षक सेवा प्रदान गर्ने बताइएको छ ।
यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिनुपर्नेछ । विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्याण्डर्ड इन्टरनेट पोस्टपेड प्लानका ग्राहकहरुले पनि आफ्नो संस्थासँगको आवद्घता स्थापित गर्ने कुनै पनि कागजातहरु पेस गरि बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्ने एनसेलको भनाइ छ ।