०१ असार २०८३, सोमबार

सुदूरपश्चिममा थप ८ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ८ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा बिहीवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८९१ को नमूना परीक्षण गर्दा ८ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआर विधिमार्फत ४ र एन्टिजेन विधिमार्फत ४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ४ र एन्टिजेनबाट कञ्चनपुरका २ र कैलालीका २ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा प्रदेशभर ५ जनाले कोरोना जितेका छन् । प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । 

यसअघि बुधवार प्रदेशमा १३ जनामा संक्रमण पुष्टि हुँदा ५ जना निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१२ जनाको ज्यान गइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्