
कांग्रेसको १४औं महाधिवेशनमा भएको मतदानमा दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले अग्रता लिएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणना भइरहेको छ । निर्वाचन समितिले १५ सय चार मत गणनाको नतिजा सार्वजनिक गरेको छ । यो प्रारम्भिक नतिजा हो ।
अहिलेसम्म १५ सय चार मत गणना हुँदा मानबहादुर विश्वकर्माले ८३९ मत ल्याएका छन भने उनका प्रतिद्वन्द्वी जीवन परियारले ८३१ मत ल्याएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना भइरहेको छ ।
महाधिवेशनमा जीवन परियार शेखर कोइराला र मानबहादुर विश्वकर्मा देउवा पक्षबाट उम्मेदवार बनेका थिए ।