२२ जेठ २०८३, शुक्रबार

शिक्षक आवेदन शुल्क पाँच हजार

शिक्षक आवेदन शुल्क पाँच हजार

जुम्लाको तिला गाउँपाकिा–३ कुडारीस्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयले शिक्षक आवेदन शुल्क रु पाँच हजार राखेर विज्ञापन गर्दा  विरोध भएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा रिक्त रहेका लेखा व्यवस्थापनसहित छ शिक्षक पदको १५ दिनको अवधि राखेर विज्ञापन खुला गरेको छ । 

विद्यालयले प्राविधिक धार सहायक प्रशिक्षक र निमावि तहको शिक्षकका लागि रु चार÷चार हजार तथा मावि शिक्षकका लागि रु पाँच÷पाँच हजार आवेदन दस्तुर तोकेको छ । यद्यपि बुधबार मात्र शिक्षक सेवा आयोगले खोलेको मावि तहको शिक्षकको विज्ञापनमा आवेदन दस्तुर रु एक हजार उल्लेख गरेको छ ।

उक्त विद्यालयले शिक्षक पदका लागि गरिएको विज्ञापनमा आवेदन दस्तुर शिक्षक सेवा आयोग विपरित तोकिएको शिक्षा मन्त्रालयका शाखा अधिकृत जीवनबहादुर भण्डारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्