०२ साउन २०८३, शनिबार

नवनिर्वाचित कांग्रेस महामन्त्री शर्माद्वारा बिपीलगायत नेताको सालिकमा माल्यार्पण

नवनिर्वाचित कांग्रेस महामन्त्री शर्माद्वारा बिपीलगायत नेताको सालिकमा माल्यार्पण

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेर पार्टीका संस्थापक नेता बिपी कोइरालालगायत नेताको सालिकमा माल्यार्पण गरेका छन् । 

पार्टीको निर्वाचन समितिले शर्मा महामन्त्रीमा निर्वाचित भएको घोषणा गरेलगत्तै उनी नेता कार्यकर्ता एवं परिवारसहित सङ्ग्रहालय पुगेका थिए । सङ्ग्रहालयमा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी, सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, नेता योगेन्द्रमान शेरचन, दिवानसिंह राई, रामनारायण मिश्रलगातको सालिकमा माल्यार्पण गरे । 

महामन्त्री शर्माले बिपीले रोपेको कपुरको रुखमा पानी पनि हालेका थिए । उनले गत भदौ २४ गते बिपी जयन्तीको अवसर पारेर सङ्ग्रहालयमै महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका थिए । वैदिक विधिपूर्वक पूजाआजासहित सङ्ग्रहालय परिसरमा रुद्राक्षको बिरुवा रोपेर उम्मेद्वारी घोषणा गरेका नेता शर्माले आज महामन्त्रीमा निर्वाचित भएपछि पनि यही स्थानमा उपस्थित भएर पार्टीका संस्थापक नेताहरुलाई सम्झिएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्