
कांग्रेस सह–महामन्त्रीको जारी मत गणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ले ३२६ मतको फराकिलो अन्तर बनाएकी छन् ।
अहिलेसम्म तीन हजार मत गणना हुँदा डिनाले १६५२ मत पाएकी छन् । उनी शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेकी थिइन ।
उनकी प्रतिद्वन्द्वी कमला पन्तले १३२६ मत मात्रै पाएकी छन् । उनी शेरख कोइराला प्यानलबाट उम्मेदवार बनेकी थिइन ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना भइरहेको छ ।
कांग्रेसको विधान अनुसार महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।