२२ जेठ २०८३, शुक्रबार
कांग्रेस सह-महामन्त्री

आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विकाश लामाभन्दा ५३२ मतले अगाडि

आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विकाश लामाभन्दा ५३२ मतले अगाडि

कांग्रेसमा आदिवासी जनजातितर्फको सह–महामन्त्रीको लागि भएको मतदानको मतगणना जारी छ । 

अहिलेसम्म तीन हजार ७३ मत गणना हुँदा शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बेले अग्रता फराकिलो बनाएका छन् । 

उनको पक्षमा १७८० मत आएको छ भने उनको विकाश लामाले १२४८ मत पाएका छन् । जुन आङदेम्बेभन्दा ५३२ मतले कम हो । आदिवासी जनजातितर्फबाट एकजना सह–महामन्त्रीमा निर्वाचित हुने कांग्रेसको विधानको व्यवस्था छ । 

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्