३१ जेठ २०८३, आइतबार
कांग्रेस सह-महामन्त्री

दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर र जीवनको मतअन्तर ८ मात्रै

दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर र जीवनको मतअन्तर ८ मात्रै

कांग्रेसको १४औं महाधिवेशनमा भएको मतदानमा दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले अग्रता लिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणना भइरहेको छ । निर्वाचन समितिले १५ सय चार मत गणनाको नतिजा सार्वजनिक गरेको छ । यो प्रारम्भिक नतिजा हो । 

अहिलेसम्म ३०७७ मत गणना हुँदा मानबहादुर विश्वकर्माले १४४३ मत ल्याएका छन भने उनका प्रतिद्वन्द्वी जीवन परियारले १४३५ मत ल्याएका छन् । उनीहरू बीचको मतअन्तर ८ मात्रै रहेको छ । 

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना भइरहेको छ । 

महाधिवेशनमा जीवन परियार शेखर कोइराला र मानबहादुर विश्वकर्मा देउवा पक्षबाट उम्मेदवार बनेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्