२६ जेठ २०८३, मंगलबार

एन्फाका तीन उपाध्यक्षसहित सात केन्द्रीयद्वारा बैठक सदस्य

पुस १, २०७८
एन्फाका तीन उपाध्यक्षसहित सात केन्द्रीयद्वारा बैठक सदस्य


अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का तीन उपाध्यक्षसहित सात केन्द्रीय सदस्यले केन्द्रीय कार्य समितिको बैठक राख्न माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित सदस्यहरु किरण राई, दिनेश व्यञ्जनकार, निरोज खड्गी र दावा लामाले बैठक बस्न एन्फामा आज पत्र दर्ता गराएका हुन् । अध्यक्षलाई सम्बोधन गर्दै एन्फाको केन्द्रीय कार्यसमितिको बैठक लामो समयदेखि बस्न नसकिरहेको कारण फुटबल खेलको विकासको सम्बन्धमा विभिन्न महत्वपुर्ण विषयमाथि छलफल हुन बाँकी रहेकाले बैठक बस्न आवश्यक रहेको पत्रमा उल्लेख छ । 
आगामी २०७९ वैशाख महिनामा संघको साधारण सभा र निर्वाचन गर्नुपर्ने भएकोले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा तथा निर्वाचन सम्बन्धी कार्यतालिका लगायत फुटबल खेलको विकाससँग सम्बन्धीत जिल्ला, प्रदेश, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन, राष्ट्रिय लिग सञ्चालनबारे छलफल गर्न आवश्यक देखिएको पत्रमा उल्लेख छ  । “अन्य आवश्यक विषयमा समेत छलफल गर्नको लागि संघको अध्यक्षलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गर्नुभएकाले संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं”, पत्रमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्