२१ जेठ २०८३, बिहीबार

विद्यालय तथा कलेजमै गएर कोरोना विरुद्धको खोप लगाउने सरकारी योजना

विद्यालय तथा कलेजमै गएर कोरोना विरुद्धको खोप लगाउने सरकारी योजना
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने सरकारको योजना रहेको बताएका छन् ।

चाबहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा बिहीवार आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताए ।

मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरे ।

कलेजका अध्यक्ष गेहेन्द्र लामाले कितावी ज्ञानसँगै कलेजले सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको बताए । कलेजका प्राचार्य राजन श्रेष्ठले विद्यार्थीलाई चाहिने उपयुक्त वातावरणका लागि भौतिक पूर्वाधार र निर्माणमा विशेष चासो देखाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्