३० जेठ २०८३, शनिबार

एमालेले शुक्रबार पत्रकार सम्मेलन गर्दै

एमालेले शुक्रबार पत्रकार सम्मेलन गर्दै

नेकपा (एमाले) ले शुक्रबार पत्रकार सम्मेलन बोलाएको छ। मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे महासचिव शंखर पाेखरेलले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

 केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।  चितवनमा १०-१४ मंसिरमा भएकाे १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्