चैत २, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन भर्खरै सम्पन्न भएका छन् ।
तेस्रो ठूलो दल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अर्को साता हुँदैछ, भने पूर्वपञ्चहरूको पार्टी राप्रपाको पनि महाधिवेशन सम्पन्न भइसकेको छ ।
नेपाली कांग्रेस महाधिवेशनको कतिपय पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना अझै सकिएको छैन ।
सभापति, उपसभापतिदेखि महामन्त्रीसम्म सार्वजनिक भएको नतिजाले कांग्रेसमा रूपान्तरणको अध्याय शुरू भएको संकेत गर्दछ ।
प्रधानमन्त्री समेत रहेका शेरबहादुर कांग्रेस सभापतिमा दोहोरिए पनि उपसभापतिदेखि महामन्त्रीसम्म नयाँ अनुहार आएका छन् ।
भविष्यमा कांग्रेसको नेतृत्वमा पुग्ने सम्भावना बोकेका दुई युवा नेता विश्वप्रकाश शर्मा र गगन थापा महामन्त्रीमा निर्वाचित भएपछि कांग्रेसमा जबरजस्त पुस्तान्तरण शुरू भएको छ ।
उपसभापतिमा धनराज गुरुङदेखि सहमहामन्त्रीमा जीवन परियारसम्मको आगमनले कांग्रेसमा रूपान्तरणको एजेण्डा अनुमोदन भएको छ । महाधिवेशनको नतिजाले कांग्रेस कार्यकर्ताले पार्टीमा परिवर्तन खोजेको प्रस्टै देखाएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि गठन भई लामो इतिहास बोकेको कांग्रेसमा रूपान्तरण र सुधारको आवाज लामो समयदेखि उठिरहेको थियो ।
देशको पुरानो पार्टी परम्परागत सोचभन्दा माथि उठ्न नसकी भद्रगोल ढंगले चलिरहेको थियो ।
देशका समस्या समाधानका लागि गतिशील पार्टी बनाउने भन्दै कांग्रेसमा नयाँ पुस्ताका नेताहरू डा. शेखर कोइरालाको नेतृत्वमा प्यानल बनाएर महाधिवेशनमा गएका थिए ।
कोइराला पराजित भएपनि त्यो विचार समूहको प्रतिनिधित्व मजबुत ढंगले भएको छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछिका तीन दशकमा पनि मुलुकमा विकास र समृद्धि हासिल हुन नसक्नुमा राजनीतिक दलका नेताको अक्षमतालाई चित्रित गर्ने गरिएको छ ।
पुरानै सोच र कार्यशैली भएका नेताहरूबाट अहिलेका समस्या समाधान हुन नसकेको भन्दै दलभित्रै नेतृत्व परिवर्तनको गरमागरम बहस चल्दै आएको थियो । प्रजातन्त्रका लागि वर्षौं जेल बसेको अनुभवले अहिले देशका समस्या समाधन गर्न सक्दैन ।
भयावह बन्दै गइरहेको बेरोजगारी, चुलिएको भ्रष्टाचार, राज्यकोषको अनियन्त्रित दोहन रोक्न सक्ने सक्षम पुस्ता अहिलेको आवश्यकता हो ।
कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा भइरहेको जाम हटेर नयाँ पुस्तामा सिफ्ट भएको छ ।
कांग्रेसको दोस्रो तहमा आएको परिवर्तनकारी र नयाँ पुस्ताले पार्टीलाई रूपान्तरण गर्न नसके राजनीति झनै प्रदूषित हुनेछ ।
दोस्रो पुस्ताले कार्यकर्ता, मतदाता र आम नेपाली जनताको आवश्यकता बुझेर सुधार गरे भने राजनीतिलाई भन्ने गरिएको ‘फोहोरी खेल’को परिभाषा बदलिने छ ।
राप्रपा हुँदै कांग्रेसमा भइरहेको नेतृत्व परिवर्तन र रूपान्तरणको अध्याय अरू दलमा पनि लागू भयो भने राजनीतिमा शुद्धीकरण हुनेछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
आम उपभोक्तालाई चर्को मार पर्नेगरी नेपाल आयल निगमले आइतवार राति इन्धनमा एकैपटक भारी मूल्यवृद्धि गरेको छ । मध्यरातमा गरिएको निर्णयपछि पेट्रोलको मूल्य प्रतिलिटर २ सय रुपैयाँनजिक पुगेको छ । एकैपटक २१ रुपैया...
भर्खरै सम्पन्न चुनावको नतिजा बिर्साउने गरी सरकारले इन्धनमा फेरि भारी मूल्यवृद्धि गरेको छ । देश स्थानीय तह चुनावको नतिजाले रंगीन बनिरहेको समयमा भएको मूल्यवृद्धिबाट जनता ब्याकुल बनेका छन् । आइत...
तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो । हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी न...
सर्वोच्च अदालतका आदेश/फैसला सितिमिति विवादमा आउँदैनन्, सर्वसाधारणले टिप्पणी गर्दैनन् । तर पछिल्लो समय अदालतका आदेशमा व्यापक जनगुनासो बढ्न थालेको छ । अदालतका आदेश विवादमा तानिन थालेको एउटा उदाहरण हो, निजगढ वि...
वैशाख ३० का लागि निर्धारित स्थानीय तह चुनाव आउन करीब एक महिना मात्र बाँकी रहेको समयमा फेरि चुनावप्रति संशय उत्पन्न हुने खालका अभिव्यक्ति नेताहरूबाट आउन थालेका छन् । निर्वाचन आयोगले आचारसंहिता समेत लागू गर...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...