२१ जेठ २०८३, बिहीबार

क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीबारे प्रचण्डले गराए देउवाको ध्यानाकर्षण

क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीबारे प्रचण्डले गराए देउवाको ध्यानाकर्षण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 

बालुवाटारमा शुक्रवार भएको भेटमा प्रचण्डले नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्लसहितका ४ खेलाडीमाथि गरेको कारवाहीबारे ध्यानाकर्षण गराएका हुन् । 

क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारवाही गरेको छ । 

क्यानको अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरेबमोजिम खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै क्यानले उनीहरूलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाकमा सुरुआती ६ महिना सहभागी नगराउने निर्णयसमेत लिएको छ । ज्ञानेन्द्र सन् २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए।

क्यानले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्