०७ असार २०८३, आइतबार

लोकप्रिय मतसहित रामहरि खतिवडा कांग्रेस केन्द्रीय सदस्यमा विजयी

लोकप्रिय मतसहित रामहरि खतिवडा कांग्रेस केन्द्रीय सदस्यमा विजयी

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि खुला केन्द्रीय सदस्यको लागि भएको निर्वाचनमा खतिवडा पाँचौ लोकप्रिय मतसहित विजयी भएका हुन् ।

पटक पटक केन्द्रीय सदस्य र मन्त्री बनेका नेताहरुलाई पछि पार्दै खतिवडाले पाचौं लोकप्रिय मत प्राप्त गरेका छन् । आइतवार सार्वजनिक अन्तिम नतिजामा खतिवडाले २ हजार ८ सय ३२ मत प्राप्त गरेका हुन् ।

सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कानून मन्त्री दिलेन्द्र बडू, पटक पटक केन्द्रीय सदस्य निर्वाचित अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, डा. रामशरण महत र बलबहादुर केसी खतिवडा भन्दा पछाडि छन् । १३ औं निर्वाचनमा खतिवडा झिनो मतले पराजित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट प्रत्यक्ष निर्वाचित खतिवडाले संसदमा सशक्त उपस्थिती जनाएका थिए ।

सांसद रहदा या नरहँदा उनले जिल्लाको विकासका लागि सक्रिय भूमिका खेलेका थिए । कोरोना महामारीको समयमा उनले गाउँ गाउँमा स्वास्थ्य सामाग्री लिएर खटिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्