
नेपाली कांग्रेसको खुला तर्फ ३५ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएको छ । आइतवार सम्पन्न मतगणनामा पूर्व महामन्त्री डा. शशांक कोइरालाले सर्वाधिक ३ हजार ८ सय २६ मतसहित विजयी भएका हुन् ।
३५ औं नम्बरमा दाङका नेता कृष्ण किशोर घिमिरे निर्वाचित भए । घिमिरेले १ हजार ७ सय ७ मत प्राप्त गरेका छन् । नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्य झिनो मतले केन्द्रीय सदस्य बन्न चुकेका छन् ।
३६ औं नम्बरमा रहेका आचार्यले १ हजार ६ सय ५४ मत प्राप्त गरे । उनी डा. शेखर कोइराला प्यानलबाट केन्द्रीय सदस्य लडेका थिए । ३७ औं नम्बरमा केदार कार्कीले १ हजार ६ सय ४४ मत प्राप्त गरे ।
३५ जनाको लागि ९९ जना प्रतिष्पर्धामा रहेकोमा पुरुषोत्तम घिमिरेले सर्वाधिक कम १६० मत प्राप्त गरेका छन् ।