
नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा गुण्डा नाइके भनेर चिनिने गणेश लामासहित ३५ जना विजयी भएका छन् । विजयी हुनेहरुमा शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिप छिरिङ लामा, अर्जुननरसिंह केसी, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहन बहादुर बस्नेत, सुनील बहादुर थापा, नैनसिंह महर, दिलेन्द्र प्रसाद बडु, डा रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्र राज पाण्डे, पद्म नारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, मदन बहादुर अमात्य, अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्ण किशोर घिमिरे रहेका छन् । निर्वाचनमा खुला केन्द्रीय सदस्यमा ९९ जना प्रतिस्पर्धामा थिए ।
यस्तै पराजित हुनेमा मनोजमणि अचार्य, केदार कार्की, बीरेन्द्रकुमार कनौडिया, मंगलप्रसाद थारु, लोकेश ढकाल, प्राडा तीर्थराज खनिया, यज्ञबहादुर थाप, शम्भुलाल श्रेष्ठ, जनकराज गिरी, रत्न बहादुर कार्की, हरि प्रसाद नेपाल, राजेन्द्र बजगाईं, प्रमोद हरि गुरागाइँ, हस्तबहादुर मल्ल, डा सुरेशचन्द्र चालिसे, धावा गुरुङ, डा सुरेश मल्ल, नरेश बहादुर सिंह, लक्ष्मण बहादुर बस्नेत, सुधिरकुमार शिवाकोटी, गङाधर तिवारी, सुरेन्द्र हमाल, टेकराज पौडेल, गोकर्ण पौड्याल, मोहन प्रसाद बराल, गणेश बहादुर खड्का, इ दिपक बाबू कंडेल, सुवास कुमार पोखरेल, खगेन्द्र प्रसाद तिवारी, मथुरा प्रसाद घिमिरे, क्षितिज भन्डारी, बलबहादुर कुँवर, त्रैलोक्य प्रताप सेन, तारिणी दत्त चटौत, शिव कुमार गुर्मछाने, आनन्दराज त्रिपाठी,दिपक भट्टराई, बिमल राज क्षेत्री, प्रेम बहादुर खड्का, डा मुकेश राज काफ्ले, प्रकाश सिंह कार्की, तिलक बहादुर रानाभाट, अबुल हुसेन अन्सरी, राज कृष्ण अमात्य, डा राम शरण थपलिया, शंकर तिवारी, शारदा पौडेल, शिव राज जोशी, हर्क बहादुर देउवा, उत्तर बहादुर ऐर, गणेशबहादुर बिष्ट, गोबिन्द बहादुर रानाभाट, डा टिएन योगी, डिकेन्द्रराज कंडेल, दिवाकर गौतम, प्रबिन बन, भरतकुमार शाही, भरत प्रसाद लम्साल, धुर्बप्रसाद पौडेल, मनोज खड्का, कृष्णप्रसाद कुइँकेल, गणेशप्रसाद बिमली, पुरुशोत्तम लामिछाने र हर्ष बहादुर बम छन् ।
विजयी हुनेमा विवादित पृष्ठभूमिका गणेश लामादेखि ठेकेदारसमतको बाहुल्यता रहेको देखिन्छ । यस्तै केही वौद्धिक नेता र पार्टीभित्रका इमान्दार नेता पराजित भएको मतपरिणामले देखाएको छ ।
कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको यही मतपरिणामसहित लोकान्तर राउण्ड अपमा स्वागत छ । लोकान्तर राउण्ड अपमा हामी बितेको २४ घण्टाका मुख्यमुख्य समाचारलाई समेट्छौँ–
००००
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा सत्ता गठबन्धन दलबीच विवाद भएको छ । संसद अवरोध खुलाउन र एमसीसीबारे साझा धारणा बनाउन बालुवाटारमा बसेको सर्वदलीय बैठकमा गठबन्धन दलबीच नै विवाद भएको हो ।
सत्ता गठबन्धनका दलहरूले यथास्थितिमा एमसीसी पास गर्न नमिल्ने बताए । कांग्रेसले भने संसद अवरोधका बीच भए पनि एमसीसी पास गर्नुपर्ने जनाएको थियो । यसैबीच एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनले तीन सदस्यीय समिति गठन गरेको छ ।
००००
एमसीसीको विपक्षमा रहेका ६ वटा कम्युनिस्ट पार्टीले आन्दोलनको घोषणा गरेका छन् । यसअघि नै आन्दोलित रहँदै आएका ती कम्युनिस्ट पार्टीहरुले पुस ६ गते काठमाडौंलगायत देशभर विरोध प्रदर्शन र विरोध सभा गर्ने घोषणा गरेको हो।
००००
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको सम्पत्ति विवरणअनुसार काठमाडौंमै उनको झण्डै १३ रोपनी पैत्रिक सम्पत्ति रहेको देखिएको छ ।
नेपाली सेनाको वेबसाइटमा राखिएको विवरणअनुसार उनको हकदावी लाग्ने अचल सम्पत्तिअन्तर्गत आमा सुभद्रादेवी पौडेलको नाममा काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ मा ८ रोपनीभन्दा बढी पैत्रिक सम्पत्ति छ ।
००००
पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७२ नमूना परीक्षणमध्ये १३३ पीसीआर र ४८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५७३ पुगेको छ । मन्त्रालयका अनुसार थप २८९ जना संक्रमणमुक्त भएका छन् ।
००००
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन् ।
किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किराँत र नेवार समुदायमा शुभकामना व्यक्त गर्दै उनले सबै समुदायको हकअधिकार र पहिचानले नै राष्ट्रियता सदृढ हुने बताए ।
००००
विद्युत् खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पीक डिमान्ड)तीन सय मेगावाटको हाराहारीमा बढेको हो ।
००००
कैलाली जिल्लामा भूपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै अर्को क्रुर हत्या प्रकरण बाहिरिएको छ । जिल्लाको जानकी गाउँपालिका ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्या गरिएको घटना बाहिर आएको हो ।