०२ असार २०८३, मंगलबार

दुनियाँबाट ‘मुक्ति’ पाउन पत्नी र ३ सन्तानको हत्यापछि आत्महत्या

पुस ५, २०७८
दुनियाँबाट ‘मुक्ति’ पाउन पत्नी र ३ सन्तानको हत्यापछि आत्महत्या

दुनियाँ बस्नलायक नरहेको र मुक्ति पाउन खोजेको भन्दै एक व्यक्तिले पत्नी र ३ सन्तानको हत्या गरेर आत्महत्या गरेका छन् ।

भारतको हरियाणास्थित हिसारमा भएको घटनामा रमेशले संसारबाट मुक्ति चाहेकाले आफूसँगै पत्नी र सन्तानलाई पनि मारेका छन् ।

घटनामा सर्वप्रथम रमेशको शव स्थानीय सडकमा भेटिएको थियो । प्रहरीले दुर्घटनामा मृत्यु भएको हुनसक्ने अनुमानसहित परिवार खोज्दै घरसम्म पुग्दा उनकी पत्नी र छोराछोरीको शव समेत भेटिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार रमेशले डायरीमा लेखेको केही कुरा भेटिएको छ । जसमा भनिएको छ, ‘यो दुनियाँ बस्नलायक छैन । म यो दुनियाँमा बस्न चाहन्न । तर सोच्दछु कि मेरो मृत्युपश्चात् परिवारजनको के होला ? त्यसैले मैले राति खीर बनाए र त्यसमा नशालु पदार्थ हालेर पत्नी र बच्चाहरूलाई खुवाए ।’

रमेशले धारिलो हतियार प्रहार गरेर पत्नी र तीनै बच्चाको हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । उनले शुरूमा बिजुलीको करेन्ट लगाएर आत्महत्या गर्न खोजेपनि मृत्यु नभएपछि सडकमा गाडीसँग ठोक्किएर आत्महत्या गरेको प्रहरीको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्