०९ असार २०८३, मंगलबार

मध्यरातमा राजधानीको नयाँ बसपार्कमा भीषण आगलागी (भिडियोसहित)

कात्तिक २०, २०७४
मध्यरातमा राजधानीको नयाँ बसपार्कमा भीषण आगलागी (भिडियोसहित)
काठमाडौं, १७ पुस– राजधानीको नयाँ वसपार्कस्थित मित्रनगरमा गएराती भीषण आगलागी भएको छ ।
भाडाको जग्गामा चितवनका थमबहादुर थापाले निर्माण गरेको घर (फलाम र जस्ताले बनाएको) मा गएराती पौने १२ बजेतिर एकाएक आगलागी सुरु भएको महानगरीय प्रहरी बिट नयाँबसपार्कले जनाएको छ ।aglagi


प्रहरीले ग्यास लिक भएर आगलागी सुरु भएको अनुमान गरेको छ ।
आगलागीबाट सो घरमा  सञ्चालित कोल्ड स्टोर, र क्याफे क्याफेपसल जलेर नष्ट भएको नयाँबसपार्ककी प्रहरी इन्सपेक्टर पूर्णिमा चन्दले जानकारी दिइन् ।
आगलागीबाट साढे २ करोडभन्दा बढी क्षति भएको प्रहरी अनुमान छ । आगलागी काठमाडौं र ललितपुरका दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको  करीब तीन घण्टाको प्रयासमा नियन्त्रणमा आएको थियो । बाक्लो बस्ती भएको स्थानमा मध्यरातमा आगो सल्किँदा सो क्षेत्रका  सर्वसाधरण त्रसित बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्