०१ असार २०८३, सोमबार

धार्मिक तथा पर्यटकीय हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना छ : मन्त्री आले

धार्मिक तथा पर्यटकीय हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम लगायत देशभरका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरमा सोमवार आयोजित सुदूरपश्चिम पर्यटन साइकल यात्रा–२०७८ को समापन समारोहमा उनले धार्मिक तथा पर्यटकीय हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना रहेकाले विकासका लागि अहोरात्र खटिने विश्वास दिलाए ।

उनले भने, ‘सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न सके आर्थिक प्रगति गर्न सकिन्छ ।’

डोटीका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसारका लागि मन्त्रालयले उल्लेख्य मात्रामा लगानी गरेको बताउँदै मन्त्री आलेले सुदूरपश्चिमका प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड, रामारोसन, अपिसैपाल, बडिकेदारलगायत स्थानमा पर्यटक भित्र्याउनका लागि भौतिक पूर्वाधारसहित निर्माणकार्य तीव्ररुपमा विस्तार भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्