१२ असार २०८३, शुक्रबार

मोदी भन्छन्– योगी आदित्यनाथले गुण्डा तह लगाए

पुस ६, २०७८
मोदी भन्छन्– योगी आदित्यनाथले गुण्डा तह लगाए

भारतको उत्तर प्रदेशमा सन् २०२२ मा विधानसभा निर्वाचन हुन लागेको छ र प्रधानमन्त्री नरेन्द्र मोदी लगातार उक्त प्रदेशको भ्रमण गरिरहेका छन् । 

त्यसैक्रममा प्रयागराज पुगेर मोदीले आमसभालाई सम्बोधन गरे । उनले भने, ‘अहिले यूपीमा सुरक्षा छ, अधिकार पनि छ । सम्भावनाहरू पनि छन्, व्यापार पनि छ । हाम्रा माता र दिदीबहिनीहरूको आशीर्वादले यूपीलाई अँध्यारोमा धकेल्न दिँदैन ।’

उनले थपे, ‘पाँच वर्षअघि यूपीका सडकमा माफियाराज थियो । सत्तामा गुण्डाहरूको रजगज थियो । यसका भुक्तभोगी को थिए ? यूपीका दिदीबहिनी र छोरीचेली । उनीहरूलाई सडकमा निस्कन गाह्रो थियो । केही बोल्न पनि सक्दैनथिए । योगीजीले गुण्डाहरूलाई सही ठाउँमा पुर्‍याउनुभएको छ ।’

महिलाहरूको विवाहको न्यूनतम उमेर २१ वर्ष बनाउन केन्द्र सरकारले कानून संशोधन गर्न खोजेको पनि उनले बताए । छोरीहरूको हितका लागि गरिएको निर्णयबाट कसलाई समस्या परिरहेको छ, सबैले थाहा पाएको मोदीले बताए । 

रोजगारीका लागि अनि परिवारको आम्दानी बढाउनका लागि देशमा चलाइएको योजनामा महिलाहरूलाई पनि बराबर हिस्सेदार बनाइएको मोदीले बताए । मुद्रा योजना अहिले गाउँगाउँमा पुगेर गरीब परिवारका महिला उद्यमीलाई प्रोत्साहन गरिरहेको मोदीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्