×

NMB BANK
NIC ASIA

सर्वोच्चले उल्ट्याएको जिल्ला र पुनरावेदनको एक फैसला

सर्वोच्चले उल्ट्याएको जिल्ला र पुनरावेदनको जन्मकैद फैसला : ९ वर्ष जेल बसेपछि सफाइ !

पुस ६, २०७८

NTC
Sarbottam
फोटोमा बायाँबाट क्रमश: श्याम यादव र शिक्षा राज्यमन्त्री बोधमाया यादव
Premier Steels
Marvel

हत्या मुद्दामा जिल्ला अदालत धनुषाबाट फैसला र तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट सदर भएको जन्मकैदको सजायलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ ।

Muktinath Bank

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको संयुक्त इजलासले जन्मकैदको सजाय गरिएको दुई अदालतको फैसलालाई उल्ट्याउँदै अभियुक्तलाई सफाइ दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ८ (साविक यज्ञभूमि गाविस)का पल्टु महतोको हत्या गरेको कसूरमा जन्मकैदको सजाय पाएका सोही गाउँका श्याम यादवलाई सर्वोच्च अदालतले सफाइ दिएको हो ।


Advertisment
Nabil box
Kumari

'यसमा पुनरावेदक प्रतिवादी श्याम यादवले कसूरमा इन्कार रही बयान गरेको, जाहेरबाली बेचनीदेवी महतोले अदालतसमक्ष वकपत्र गर्दा निज निर्दोष रहेको भनी व्यहोरा उल्लेख गरेबाट निज प्रतिवादीको कसूर स्थापित गर्ने तथ्ययुक्त प्रमाणको अभाव देखिँदा पुनरावेदन अदालत जनकपुरबाट २०७३ वैशाख १५ मा भएको फैसला केही उल्टी भई प्रतिवादी श्याम यादवले अभियोग दाबीबाट सफाइ पाउने र अर्का प्रतिवादी पुलकित महतोको हकमा कसूर ठहर भई साधक पेश भएकोमा उक्त पुनरावेदन अदालतको फैसलाबमोजिम साधक हुने ठहर्छ,' सिन्हा र चुडालको संयुक्त इजलासले गरेको फैसलामा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

'निज पुनरावेदक प्रतिवादी श्याम यादव २०६९ असोज २ गतेदेखि थुनामा रहेको देखिएकाले प्रस्तुत मुद्दाबाहेक अन्य मुद्दाबाट थुनामा राख्नुनपर्ने भए निजलाई थुनामुक्त गरिदिनू भनी निज श्याम यादव थुनामा रहेको कारागार कार्यालयलाई लेखी पठाइदिनू । यो फैसलाको पूर्णपाठ तयार हुन समय लाग्ने भएकाले यो संक्षिप्त आदेश गरिदिएको छ,' सर्वोच्चको संक्षिप्त फैसलामा उल्लेख छ ।

सर्वोच्चको फैसलापछि श्याम यादव पुस ४ गते रिहा भएका छन् । २०६९ असोज २ गतेदेखि जेलमा कैदी जीवन बिताइरहेका उनी ९ वर्ष ३ महिनापछि सफाइ पाएर रिहा भएका हुन् ।

सर्वोच्च अदालतले  सोही हत्या मुद्दाका अर्का कसूरवार पुलकित महतोको हकमा भने जन्मकैदको फैसलालाई सही ठहर्‍याएको छ ।

सर्वोच्चले उनको जन्मकैदको सजायलाई यथावत कायम राखे पनि सर्वोच्चको फैसला आउनुअघि नै उनी जेलबाट मुक्त भइसकेका छन् । श्याम यादवका तर्फबाट बहस गरेका वकिल देवशरण यादवका अनुसार सर्वोच्चमा साधक पेश भई आएको पुलकित महतोलाई यसअघि नै आममाफी मिनाहा भई जेलमुक्त गरिसकिएको छ ।

'जेल जाँदा नै उनी ५५ वर्षको उमेरका थिए । त्यसपछि जेलमा रहँदाको आचरण, व्यवहार तथा स्वास्थ्य उपचार आदिको कारणले उनलाई माफी मिनाहा दिइएको हो,' वकिल यादवले लोकान्तरसँग भने, 'कहिले उहाँ रिहा हुनुभयो, त्यसको मिति मलाई यकिन भएन।'

पुलकित महतोले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिएनन् । नेपाल सरकारले नै १० वर्षभन्दा माथि कैद सजाय भएको फैसलामा साधक भई पेश गर्ने हुनाले सरकारको तर्फबाट साधक भई पेश भएको उक्त मुद्दामा सर्वोच्चले पुलकित महतोको हकमा जन्मकैदको सजायलाई सदर गरेको वकिल यादवले बताए।

'पुलकित महतोले जन्मकैदको आफ्नो सजाय स्वीकार गरेर पुनरावेदन गर्नुभएको थिएन, त्यसैले सर्वोच्चबाट फैसला आउनुअघि नै उहाँले प्रक्रिया पुर्‍याएर माफी मिनाहा पाउनुभएको हो,' वकिल यादवले लोकान्तरसँग भने । 

२०६७  माघ २३ गते धनुषाको यज्ञभूमिका पल्टु महतो सुडीलाई राति १२ बजेको समयमा छातिमा गोली हानी हत्या गरिएको थियो। जनकपुर अञ्चल अस्पतालले शवको पोस्टमार्टम गर्दा मृत्युको कारण 'गन सुट इञ्जुरी' भनी प्रतिवेदन दिएको थियो ।

मृतक पल्टु महतोका सहोदर दाजु पुलकित महतोसँग जग्गा जमिनको विषयमा विगत २०/२५ वर्षदेखि विवाद भई बोलचाल बन्द भएर आवतजावत समेत नरहेको भनी सोही गाउँका रामनारायण मण्डलले प्रहरीसँग कागज गरेका थिए । निज पल्टु महतो जीवित छँदै दाजुको सालोले धाकधम्की दिने गरेको कुरा सुनेको भनेर समेत उनले बयान गरेका थिए ।

त्यसैगरी पुलकित महतोले प्रहरीमा बयान गर्दा उनीसहित सौखीलाल महतो, श्याम यादव, सन्दीपकुमार महतोसहित चारजनाले मिलेर हत्या गरेको प्रहरीसमक्ष बयान गरेका थिए ।

'हामी चारैजना उनको घरमा पुगेर चारै तिरबाट घेराउ गरी निजलाई गोली हानी मारीदेऊ भनेर मैले वचन आदेश दिनासाथ मेरो सालो सौखीलाल महतो सुडीले कटुवा पेस्तोल निकाली पल्टु महतोलाई ताकी गोली प्रहार गर्दा निजको छातिमा लागेको तथा त्यहाँबाट भागेको हो,' पल्टु महतोले प्रहरीसँग गरेको बयान कागजमा उल्लेख छ । त्यसैगरी अहिले सर्वोच्चबाट सफाई पाएका श्याम यादवले भने प्रहरीसँग घटना विवरण कागज गर्दा पनि सबैजना मिलेर हत्या गरेको उल्लेख छ ।

मृतककी पत्नी बेचनीदेवी महतोले दिएको जाहेरीको आधारमा नेपाल सरकार वादी भएको उक्त हत्या मुद्दामा चार जनालाई प्रतिवादी बनाइएको थियो। मृतक पल्टुका दाजु पुलकित महतो, पुलकितका छोरा सन्दीपकुमार महतो र पुलकितका सालो सौखीलाल सुडी र श्याम यादवसहित चारजनालाई प्रतिवादी बनाइएको थियो ।

यस्तो छ,जन्मकैद सजाय गरेको जिल्ला र पुनरावेदन अदालतको फैसलाको व्यहोरा

धनुषा प्रहरीले पुलकित, सौखीलाल र श्यामलाई पक्राउ गरी अदालतमा पेस गर्दा थुनछेक मुद्दामा तीनै जनालाई कारगारमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरिएको थियो। तर पुलकितका छोरा सन्दीप पक्राउ नपरी फरार अवस्थामा थिए ।

२०७१ चैत २५ गते धनुषा जिल्ला अदालतका न्यायाधीश कृष्णबहादुर थापाको इजलासबाट फैसला गर्ने क्रममा तीनैजना प्रतिवादीहरूलाई जन्मकैदको सजाय गरिएको थियो।

'पल्टु महतोलाई निजको घरमा नै गोली हानी मारेकोमा कुनै विवाद देखिँदैन भने प्रतिवादी पुलकित महतोले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई लास प्रकृति मुचुल्का र लास जाँच प्रतिवेदनले समर्थन गरिदिएकाले प्रतिवादीहरूमध्येका पुलकित महतो र श्याम यादवले पल्टु महतोलाई भाग्न उम्कन नदिई मर्नेको जिउमा हात हालेको र ज्यान मार्ने आदेश दिँदा प्रतिवादी सौखिलाल सुडीले पल्टु महतोको छातिमा गोली हानी मारेको पुष्टि हुन आउँछ,' धनुषा जिल्ला अदालतले गरेको फैसलामा उल्लेख छ ।

'पल्टु महतोलाई मार्नका लागि प्रतिवादी पुलकित महतोले घेराउ गर्ने र मार्ने आदेश दिएको, प्रतिवादी श्याम यादवले घेराउ गरी मार्न वचन दिएको र प्रतिवादी सौखिलाल सुडीले कटुवा पेस्तोलले गोली हानी मारेको पुष्टि भै सौखीलाल सुडीलाई सर्वश्व सहित जन्मकैद, पुलकित महतो र श्याम यादवलाई जन्मकैद हुने ठहर्छ,' धनुषा जिल्ला अदालतको फैसलामा उल्लेख छ ।

त्यसैगरी फरार रहेका सन्दीपकुमार महतोको हकमा अदालती बन्दोबस्ती १९० नम्बर बमोजिम हुने गरी मुलतबीमा राख्नु भन्ने फैसला भएको थियो। उक्त फैसलापछि तीनैजनालाई महोत्तरीको जलेश्वरस्थित कारागार कार्यालयमा पठाइएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध तीनैजनाले पुनरावेदन अदालत जनकपुरमा मुद्दा दिएका थिए। २०७३ वैशाख १५ गते पुनरावेदन अदालत जनकपुरका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी र रमेशबहादुर थापाको संयुक्त इजलासले गरेको फैसलामा शुरूको जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको थियो ।

'यसमा प्रतिवादी सौखिलाल सुडीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) नम्बरबमोजिम सर्वस्वसहित जन्मकैद, प्रतिवादी पुलकित महतो र श्याम यादवलाई ज्यानसम्बन्धी महलको १३(४) नम्बर बमोजिम जन्मकैद हुने ठहर्‍याई शुरू धनुषा जिल्ला अदालतबाट २०७१ चैत २५ गते भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।

प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन,' पुनरावेदन अदालतबाट गरिएको फैसलामा उल्लेख छ।

यसरी हत्या मुद्दामा कुल चारजना प्रतिवादी बनाइएकोमा १ जना सन्दीपकुमार महतो हालसम्म फरार नै छन्। सर्वोच्च अदालतले जन्मकैद काटिरहेका तीन जनामध्ये एकजना श्याम यादवलाई ९ वर्ष जेल सजाय काटेपछि सफाई दिएको छ । सर्वोच्चले जन्मकैद सदर गरेको पुलकित महतो यसअघि नै माफी मिनाहा पाएर जेलबाट रिहा भइसकेका छन् ।

श्याम यादवका वकिल देवशरण यादवका अनुसार सर्वस्वसहित जन्मकैद सजाय पाएका सौखीलाल सुडीले पनि सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए।

'तर पुलकित महतोले जसरी माफी मिनाहा पाए, त्यही प्रक्रियामा जानका लागि उनले दिएको निवेदन फिर्ता लिइसकेका छन्,' वकिल यादवले बताए।

सर्वोच्चको फैसलापछि जेलबाट रिहा भएका श्याम माओवादी केन्द्र धनुषाका कार्यकर्ता हुन्। उनी रिहा भएपछि जिल्लाका माओवादी नेताहरूले स्वागत गरेका छन्।

उनलाई फूलमालाले स्वागत गर्न सं‌घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी राज्यमन्त्री बोधमाया यादव घरमै पुगेकी थिइन्।

त्यसैगरी माओवादी धनुषाका अध्यक्ष दीपक यादवसहित जिल्लास्तरीय नेताहरू उनलाई फूलमालाले स्वागत गर्न घरमै पुगेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x