
मंगलवार शेयरबजारमा दोहोरो अंकले वृद्धि भएको छ । तर कारोबार रकममा भने सुधार हुनसकेको छैन।
यसदिन नेप्से परिसूचक ५६.७३ अंकले बढेको छ भने कारोबार २ अर्ब ३८ करोड रुपैयाँको मात्रै भएको छ ।
मंगवाल नेप्से परिसूचक दोहोरो अंकले बढ्दै २४१५.५५ विन्दुमा पुगेको छ ।
यस दिन क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ११.३४ अंकले बढेको छ ।
मंगलवार २२६ कम्पनीको ४९ लाख ७४ हजार कित्ता शेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ ।
यसदिन १३ वटै उपसूचक हरियो भएका छन्।
ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने गुर्खाज फाइनान्स लिमिटेडले ८.८९ प्रतिशतले गुमाएका छन् ।
यस दिन कारोबारका आधारमा सर्वाधिक बढी हिमालयन डिस्टिलरी लिमिटेडले १४ करोड ५८ लाख ६९ हजार ४२० रुपैयाँ बराबरको कारोबार गरेको छ ।