
नेपाली कांग्रेसको बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी (राजन) विजयी भएका छन् ।
रञ्जितले २४१९ र केसीले २१२९ मत ल्याएर विजयी भएका हुन् ।
प्रतिस्पर्धीहरू ध्रवप्रसाद अधिकारीले २१११, रमेशप्रसाद धमलाले १६८४, निमा ग्याल्जेन शेर्पाले ३७५ र मनोज रानाले २४५ मत ल्याएका थिए ।
दुई जनाका लागि भएको प्रतिस्पर्धामा ६ जनाले उम्मेदवारी दिएका थिए ।