२८ जेठ २०८३, बिहीबार

माछा पोखरीमा डुबेर चौधरीको मृत्यु

माछा पोखरीमा डुबेर चौधरीको मृत्यु

माछालाई दाना खुवाउन पोखरी पसेका १ व्यक्तिको मंगलवार डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ ईटहर्वाका ५२ वर्षीय बाबुनन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नै माछापोखरीमा दाना हाल्न पोखरी गएका चौधरी घर नफर्केपछि आफन्तजनले खोज्ने क्रममा उनको शव पोखरीमा फेला पारेको प्रहरी नायव  उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्