०१ असार २०८३, सोमबार

१ नम्बर प्रदेशमा मानवअधिकार उल्लंघन : झापामा सबैभन्दा धेरै, तेह्रथुममा कम

१ नम्बर प्रदेशमा मानवअधिकार उल्लंघन : झापामा सबैभन्दा धेरै, तेह्रथुममा कम

१ नम्बर प्रदेशमा ९४२ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको इन्सेकले जनाएको छ ।

१४ जिल्लाका प्रतिनिधिले मंगलवार विराटनगरमा सन् २०२१ को जनवरीदेखि डिसेम्बर १५ सम्मका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू अभिलेख गरेको जनाएका छन् ।

इन्सेकका प्रतिनिधिका अनुसार पाँचथरमा २९, धनकुटामा ५७, सोलुखुम्बुमा ५५, संखुवासभामा ६१, तेह्रथुममा १९, ताप्लेजुङमा २३, भोजपुरमा ८३, खोटाङमा ५४, सुनसरीमा १५०, मोरङमा ८०, उदयपुरमा ६९, झापामा १७२, इलाममा ३९ र ओखलढुंगामा ५१ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरिएका छन् । 

इन्सेकका अनुसार १ वर्षको अवधिमा १७२ वटा घटना अभिलेख गर्दा ८० वटा बलात्कारका घटना भएका छन् । जिल्ला प्रतिनिधिहरूले बलात्कार, परिवारजनबाट हत्या, बालविवाह, घरेलु हिंसाका घटनामा बृद्धि भएको जनाएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का १ नम्बर प्रदेश प्रमुख सोमराज थापाले मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि हुनु राम्रो नभएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्