२२ जेठ २०८३, शुक्रबार

एमाले लुम्बिनीको प्रदेश अधिवेशन नेपालगञ्जमा हुने, यसरी छानिनेछन् प्रदेश प्रतिनिधि

एमाले लुम्बिनीको प्रदेश अधिवेशन नेपालगञ्जमा हुने, यसरी छानिनेछन् प्रदेश प्रतिनिधि

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी माघ ८ गते बाँकेको नेपालगञ्जमा हुने भएको छ ।

एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको छैठौं बैठकले प्रदेश अधिवेशन नेपालगञ्जमा गर्ने निर्णय गरेको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए । 

प्रदेश अधिवेशनका लागि प्रदेशका १२ वटै जिल्लाले पुस २८ गतेभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १९९ सदस्यीय मूल व्यवस्थापन समिति समेत गठन गरेको छ । 

जसअनुसार २०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, दलितका लागि १०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, हरेक ३ जना प्रतिनिधिमा १ जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपाङ्गता भएका, जिफन्ट लगायतबाट पनि प्रतिनिधि हुने गरी मापदण्ड बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्