०१ असार २०८३, सोमबार

सहकारीको व्याजदर बढाउन लविङ

पुस ७, २०७८
सहकारीको व्याजदर बढाउन लविङ

बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएसँगै सहकारीको व्याजदर बढाउन सञ्चालकहरूले लविङ थालेका छन् । 

सहकारी विभागले तोकेको सहकारी संस्थाहरूको ऋणको अधिकतम व्याजदरको सीमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशतमा रहेर संस्था सञ्चालन गर्न गाह्रो भएको भन्दै पुनरावलोकन गर्न सञ्चालकहरूले दवाव दिएका हुन् । 

‘अहिले बैंकहरूले बचतमै १४ /१५ प्रतिशत व्याजदर दिन थालिसकेका छन् । अब सहकारीलाई दुर्घटनाबाट बचाउने हो भने सन्दर्भ व्याजदरको सीमा बढाउनुपर्छ,’ जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले भने । आजको कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्