२५ जेठ २०८३, सोमबार

‘महाधिवेशनले नयाँ आशा जगायो’

‘महाधिवेशनले नयाँ आशा जगायो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य सगुन सुन्दर लावतीले राप्रपाको महाधिवेशन नेपाली प्रजातान्त्रिक अभ्यासको इतिहासमा कोशेढुंगा साबित भएको बताएका छन् ।

‘राप्रपाको भर्खरै सम्पन्न महाधिवेशनले नेपाली समाजमा नयाँ आशा जगाएको छ । राप्रपाको आन्तरिक विकासक्रममा मात्र नभएर सम्पूर्ण समाज र राजनीतिक प्रक्रियामा सकारात्मक प्रभाव पारेको छ । त्यसकारण राप्रपाप्रति समग्र देश र जनताको असाधारण चासो र आकर्षण बढेको छ,’ केन्द्रीय सदस्य लावतीले मंगलबार पाँचथरमा आयोजित कार्यक्रममा उनले भने ।

पार्टीमा नयाँ पुस्ता नेतृत्वमा आउनु खुसीको कुरा भएको उनेका भनाइ छ । समावेशी नयाँ नेपालको ललीपप देखाएर अरु दल र नेताहरुले जनतालाई यतिका लामो समय झुक्याए पनि राप्रपाले प्रजातान्त्रिक परिवर्तन व्यवहारमा उतारेको लावतीको दावी छ ।

राप्रपा पाँचथर जिल्ला कार्य समितिले नेता लावती केन्द्रीय सदस्य निर्वाचित भएको उपलक्ष्यमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार प्रस्तुत गरेका हुन् ।

सो क्रममा पूर्व केन्द्रीय सदस्य मानदेव केरुङले राप्रपा अब राष्ट्रिय राजनीतिमा अग्रणी भूमिकामा स्थापित हुने उद्घोष गरे । राप्रपाका नेता राजकुमार जोशीले, महाधिवेशनको कार्यादेश बमोजिम राजसंस्था र हिन्दुराष्ट्र प्रति कुनै संझौता नहुने बताए । जिल्ला अध्यक्ष जगत थापाले पार्टी विधिसम्मत रुपमा पार्टी संचालन हुने बताए ।

कार्यक्रमलाई ओमराज थाम्सुहाङ, कमल कुमार राई, देवी तुम्बापो, प्रयागराज सुवेदी, पदमदेव केरुङ, ओम बजगाई, मदन पोखरेल, सविता राउत, चन्दन आचार्य लगायतले सम्बोधन गर्दै राप्रपाको नीति, सिद्धान्तमा तलमाथि नगर्ने र एकतामा आँच आउन नदिने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्