०१ असार २०८३, सोमबार

काठमाडौं–थवाङ रात्रि बस सेवा शुरू

काठमाडौं–थवाङ रात्रि बस सेवा शुरू
फाइल तस्वीर

रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा शुरू भएसँगै थवाङ–काठमाडौंसँग जोडिएको हो । 

बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ ।

थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा शुरू भएको छ । हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ ।

यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए । थवाङ–लिवाङ र लिवाङ–काठमाडाँैको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा शुरू भएसँगै राहत मिलेको छ । 

salt training

कमेन्ट गर्नुहोस्