२२ जेठ २०८३, शुक्रबार

विवेकशील साझाले पृथ्वी जयन्तीबाट महाकाली-मेची राष्ट्रिय एकता यात्रा गर्ने

विवेकशील साझाले पृथ्वी जयन्तीबाट महाकाली-मेची राष्ट्रिय एकता यात्रा गर्ने

विवेकशील साझा पार्टीले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ शुरू गर्ने भएको छ  ।

सो यात्रा कञ्चनपुरबाट पुस २७ गते शुरू गरिने र शहीद दिवसको दिन माघ १६ गते झापा पुगेर अन्त्य हुने विवेकशील साझाले जनाएको छ । 

पार्टीको मंगलवार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । यात्राको विस्तृत विवरण पछि प्रकाशित गरिने बताइएको छ ।

‘नागरिकहरूका आ(आफ्ना वैचारिक दृष्टिकोण भए पनि ‘विचारभन्दा माथि देश’ नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुनेछ,’ विवेकशील साझाले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ।

देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षा गर्न नसक्ने स्थितिमा पुगेको अध्यक्ष रवीन्द्र मिश्रले बताए । 

‘त्यसैले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुपर्‍यो । सो भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन सक्दैनथ्यो,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्