३१ जेठ २०८३, आइतबार

खेल्ने क्रममा आगो लाग्दा ३ वर्षीया बालिकको मृत्यु

खेल्ने क्रममा आगो लाग्दा ३ वर्षीया बालिकको मृत्यु
सांकेतिक तस्वीर।

रौतहट फतुवा विजयपुर नगरपालिका-१, बरगेनियामा ३ वर्षीया बालिकाको आगोले जलेर मृत्यु भएको छ ।

जोकु राय यादवकी ३ वर्षीया छोरी आराध्या कुमारी यादवको आगलागीमा परी मंगलवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयले आफ्नै जग्गामा काटेर राखेको धान नजिकै बालबालिकाहरूले आगो सल्काई खेल्ने क्रममा धानमा आगो सल्किएको थियो । नजिकै रहेको मदन यादवको घरमा समेत आगलागी हुँदा आराध्याको मृत्यु भएको प्रहरीको भनाइ छ ।

आगलागीमा जलेर गम्भीर घाइते भएका सञ्जीव साहका छोरा २ वर्षीय रोहित साहलाई उपचारको लागि वीरगंजतर्फ पठाइएको छ ।

आगलागीबाट मदनको घर पूर्ण रुपमा जलेको छ भने रामविश्वास राय यादवको एक बिघा खेतमा काटेर थुपारी राखेको धान पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्