२५ असार २०८३, बिहीबार

गृहमन्त्री र कांग्रेस नेताहरूले कार्यकर्तासँग मेसमै खाए खाना

गृहमन्त्री र कांग्रेस नेताहरूले कार्यकर्तासँग मेसमै खाए खाना

गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलगायत नेताहरूले कार्यकर्तासँग मेसमा खाना खाएका छन् । 

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनको सिलसिलामा जनकपुर पुगेका गृहमन्त्री खाणसहित कांग्रेस नेताहरूले मेसमा खाना खाएका हुन् । 

सहमहामन्त्री फर्मुल्ला मन्सुर, केन्द्रीय सदस्य रामहरि खतिवडा, उदयशमशेर राणालगायतले मेसमा खाना खाएका हुन् । 

प्रदेश २ मा रोकिएको नेपाली कांग्रेसको अधिवेशनको प्रक्रिया मंगलवारदेखि शुरू भएको छ । बुधवार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । 

प्रदेश २ को सभापतिका लागि संस्थापन पक्षबाट कृष्ण यादव र डा. शेखर कोइराला प्यानलको समर्थनमा विमलेन्द्र निधि निकट रामसरोज यादवबीच प्रतिस्पर्धा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्