२३ जेठ २०८३, शनिबार

राष्ट्रिय सम्मेलनको मुख्य लक्ष्य पार्टी निर्माण- महरा

राष्ट्रिय सम्मेलनको मुख्य लक्ष्य पार्टी निर्माण- महरा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनको मुख्य लक्ष्य पार्टी निर्माण भएको बताएका छन् । 

प्रथम राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजित पत्रकार भेटघाटमा महराले सम्मेलन क्रान्तिकारी विचार र नयाँ पार्टी निर्माणमा केन्द्रित रहने बताएका हुन् । 

‘गम्भीररुपले आफ्नै बारेमा समीक्षा गर्ने पक्षमा छौं, अरू पार्टीसँग सहकार्य गर्दा र संसदीय अभ्यासको पनि गम्भीर समीक्षा गर्छौं,’ उनले भने, ‘२०६४ सालमा किन ठूलो पार्टी भयो, पछि किन सानो भयो र अब के गर्नुपर्छ भन्ने निष्कर्ष राष्ट्रिय सम्मेलनले निकाल्छ । यो विचार निर्माण गर्ने सम्मेलन हो ।’

यसैलाई मध्यनजर गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दस्तावेज तयार गरिरहेको उनले जानकारी दिए । 

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११–१३ सम्म हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्