२५ असार २०८३, बिहीबार

यसकारण रणवीर सिंहको चलचित्र ‘८३’ भयो ‘ट्याक्स फ्री’ घोषित

यसकारण रणवीर सिंहको चलचित्र ‘८३’ भयो ‘ट्याक्स फ्री’ घोषित

रणवीर सिंहको चलचित्र ‘८३’ को पहिलो लुक आउने बेला नै मानिसहरूमा निकै उत्साह बढेको थियो । जब ट्रेलर आयो, तब रणवीर र अन्य कलाकारहरूको खुलेरै प्रशंसा गरे । 

यो चलचित्रमा रणवीर कपिलदेवको भूमिकामा देखिएका छन् । उनको अभिनय र कवीर खानको निर्देशनको चर्चा भइरहेको छ । 

यो चलचित्र २४ डिसेम्बरदेखि सिनेमाघरमा रिलिज हुँदैछ । भारतको राजधानी दिल्लीमा यो चलचित्रलाई ‘ट्याक्स फ्री’ घोषित गरिएको छ । 

सन् १९८३ मा कपिलदेव र भारतीय क्रिकेट टीमले विश्वकप जितेर इतिहास रचेका थिए । त्यही पललाई एकपटक फेरि ताजा गर्नका लागि रणवीर सिंह कपिलदेवको भूमिकामा आएका छन् । 

निर्देशक कवीरले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धन्यवाद ज्ञापन गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्